तनहुँ–११ ले जित्यो भानु कपको उपाधि

पन्ध्रौ राष्ट्रिय खुल्ला नकआउट भानु कप फुटबल प्रतियोगिताको उपाधि तनहुँ–११ ले हात पारेको छ । भानु नगरपालिका–१ को खेल मैदानमा बुधबार भएको फाइनल खेलमा सिद्धगुफा युवा क्लवलाई २–० गोलले पराजित गर्दै भानु कपको उपाधि जितेको हो ।

भन्सार युवा क्लवद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै तनहुँ–११ले नगद रु २ लाख हात पारेको छ भने सिद्धगुफा युवा क्लवले १ लाखमा  चित्त बुझायो । त्यस्तै सेमिफाइनल खेल्ने दुई टिम सामाना युवा क्लब तुरतुरे र मर्स्याङ्दि युवा क्लब पालुङ्टार गोर्खाले नगद रु बीस-बीस हजार प्राप्त गरे।

खेलमा सिद्धगुफा युवा क्लवका सन्दिप थापा म्यान अफ दी म्याच घोषित भए।

विभिन्न जिल्लाका ३१ टोलीको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर ९ गोल गर्दै  सर्वाधिक गोलकर्ता तनहुँ–११ का दिपेश आले, उत्कृष्ट गोल किपर तनहुँ–११ कै  प्रदिप भण्डारी ,अनुशासित क्लवमा  मस्र्याङ्दी युवा क्लव गोर्खा घोषित भए।

सर्वोत्कृष्ट खेलाडी तनहुँ–११ का रन्दिप भण्डारी ठहरिए । उक्त प्रतियोगिताको विजेताहरुलाई नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?