निस्सा वितरण सम्बन्धि भ्रामक सुचना प्रवाह भयो !

दमौली : तनहुँको व्यास नगरपालिका -२ वडा कार्यालय मार्फत् मंगलबार निस्सा वितरण सम्बन्धि भ्रामक सुचना प्रवाह भएको बताएका छन्  । बिहिवार दमौलीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले सामजिक संजालमा भ्रामक सुचना प्रवाह बताएका हुन्  ।

अधिकारीले अहिले उनीहरुले निवेदन दिएको निस्सा मात्र प्राप्त भएको हो, उनले भने” लाल पुर्जाको निस्सा होइन त्यसको ऐन बिधान अनुसार वितरण गर्ने भएकाले यसको बॉड्ने प्रक्रिया  हुन्छ । ”

व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने , जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले ,भूमि आयोगका सदस्य श्रीराम कार्की,  व्यास नगरपालिका -२ वडाका वडाध्यक्ष काशीराम श्रेष्ठ लगायतले यो  सामजिक संजालमा सम्बन्धित भ्रामक सुचना प्रवाह भएको  बताए।

मंगलबार व्यास-२ वडा कार्यालयमार्फत् तीन भूमिहीन दलित, ६ भूमिहिन सुकुम्बासी र १२३ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको थियो  । निस्सा पाउनेहरुमध्ये दमौली खानेपानी संस्थाका अध्यक्ष एवं व्यवसायी वृषराज श्रेष्ठदेखि व्यास-१३ का निवर्तमान वडाध्यक्ष लेखबहादुर थापाको सामजिक संजालमा चर्को आलोचना भएको  थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?