कर्लूङका अतिविपन्न १० परिवारलाई खाद्यान्न सहयोग

व्यास नगरपालिका–१२ कर्लूङका अतिविपन्न परिवारलाई आइतबार खाद्यान्न सहयोग गरिएको छ । सुशासनको लागि आभियन हाम्रो नेपाल हामी नेपाली संस्था व्यास नगरपालिकाको टिमले व्यास १२ कर्लूङका अतिविपन्न १० परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

वडा भित्र रहेका एकल महिला शारीरिक अशक्त तथा अतिविपन्न  परिवारलाई  प्रति घर १ बोरा चामल, २ पोका तेल ,१ किलो दाल, १ पोका नून तथा चिउरा भुजा वितरण गरिएको सस्थाका संयोजक सुजन पन्थले जानकारी दिए  ।पन्थका अनुसार नवलपुर निबासी टीकाराम लामीछाने र उनका टिम मार्फत  राहत वितरण गरेको बतए  ।

कार्यक्रममा  संस्थाका केन्द्रीय सदस्य तथा स्वाथ्य विभाग प्रमुख जिता बरालले स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकाले सचेत र स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै कुनैपनि ठाउँमा खाद्यान्नको  समस्या  भएको खण्डमा  सक्दो सहयोग लिएर त्यस ठाउँमा पुग्ने बताए ।

लामो समय भएको निषेधाज्ञाले उक्त  परिवारलाई खाद्यान्न अभाव भएको अवस्थामा खाद्यान्न सामग्रीले उनीहरुको टेवा पुगेको संस्था व्यास नगरपालिका सह-संयोजक राजु गोतामेले बताए ।

व्यास १२ का वडा अध्यक्ष तोत्र बहादुर कुंवरले कोभिड महामारीको अवस्थामा उक्त संस्थाका युवाहरुको कामलाई प्रोत्साहन गर्दे सहयोगप्रति धन्यवाद ब्यक्त गरे |

गरिब तथा विपन्न परिवारलाई राहत स्थानीय सम्म  पुर्याउन हर्क बहादुर गोतामेले निःशुल्क ढुवानी गर्न सहयोग गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?