कास्की : गण्डकी प्रदेश सभाको कास्की १ (१) बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन् ।
अधिकारीले १५ हजार ५२३ प्राप्त गरे ।कास्की १ (१) मा कुल ३६ हजार ६५५ मत खसेको थियो । गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ । उनी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुन् ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?