
दमौली : राष्ट्रिय परीक्षा बोर्डका अनुसार तनहुँ जिल्लामा यस वर्षको एसइइ परीक्षामा समग्र जिल्लाबाट प्रथम हुनेको ३.९५ जिपिए प्राप्त भएको शिक्षा विकास तथा समन्वय समन्वय इकाई तनहुँका प्रमुख बसन्तराज पौडेलले जानकारी दिए ।
३.९५ जिपिए लिएरप्रथम हुन सफल पराशर आवसीय माविकी छात्रा सारा अधिकारी र ब्राइटफ्युचर अङग्रेजी माविका विद्यार्थी डेककुमार श्रेष्ठ (सविन) रहेका छन् ।
जिल्लामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४७ रहेको शिक्षा विकास तथा समन्वय समन्वय इकाई तनहुँका प्रमुख पौडेलले जानकारी दिए । जसमा साधारण तर्फ ४२ जना र प्राबिधिकधार तर्फ ५ जना रहेको छ ।त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या २९३ , २.८ देखि ३.२ जीपीए ल्याउने ६६३ रहेको छ ।
त्यसैगरी २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय २०, २ .० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ५० , १.६५ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार ५ सय ७३ , १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १ सय ४२ र १. ६ भन्दा तल जीपीए ल्याउने विद्यार्थीको संख्या ४ सय ५८ रहेको छ ।
एसइई परीक्षामा जिल्लाबाट ६ हजार १ सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा नियमित तर्फ ६ हजार १ सय ३८ र ३७ जना परीक्षार्थी ग्रेडवृद्धि अन्तर्गत रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?