ऋषिङ्ग गाउँपालिकाले स्वेच्छीक रुपमा सम्मजिक सुरक्षा भत्ता लिन नचाहने नागरिकहरुलाई सम्मान गर्ने भएको छ । सामाजिक सूरक्षा नियमावली २०७६ को नियम १४ मा र सामाजिक सुरक्षा एन ,२०७५ मा व्यवस्था भए बमोजिम कुनै सामाजिक सूरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिले भत्ता लिन नचाहेको घोषणा गर्न सक्ने प्राबधान भएको र सोहि नियमवालीको नियम १५ मा स्वेच्छीक रुपमा सम्मजिक सुरक्षा भत्ता लिन नचाहने नागरिकहरुलाई स्थानीय तहले सम्मान गरि प्रमाण- पत्र दिने व्यवस्था गरेको छ । गाउँपालिकाबाट नियमित रुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिराखेका लाभाग्रहिहरुले यदि स्वेच्छीक रुपमा लिन नचाहेमा सम्बधित वडा कार्यालयमा गई सम्मानित हुनको लागि गाउँपालिकाले सूचना जारी गरेको छ ।
सामाजिक सुरक्षा भत्ताको मूल मर्म आर्थिक रुपले बिपन्न,अशक्त र अशाहाय अवस्थामा रहेका, अशाहाय एकल माहिला, अपाङ्गता भएका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको जीबनयापनमा आईपर्ने जोखिमको न्यूनीकरण गर्नु तथा उपभोक्तामा सघाउ पुर्याउने भएको हुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका प्राप्त गर्न योग्य लाभाग्रहिहरुले पुर्याउनु हुने उल्लेखित योगदानको निमित्त ऋषिङ्ग गाउँपालिकाबाट प्रमाण- पत्र सहित सम्मान गर्ने व्यवस्था भएको व्यहोरा समेत सम्बधित सबै लाभग्राहीहरुमा सूचना प्रकासित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?