शुक्लागण्डकीमा भोलि देखि सुरु हुने बोलबम महोत्सवको तयारी पुरा

दमौली : तनहुँको शुुक्लागण्डकी नगरपालिका–२ स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा हुन लागेको बोलबम महिमा तयारी पुरा भएको छ ।

आइतवार पत्रकार सम्मेलन गर्दै श्रावण ८ गते( भोलि)देखी सुरु हुने महोत्सवको लागि आवश्यक तयारी पुरा भएको शिव महिमा बोलबम महोत्सवमुल समारोह समितिले जनाएको छ ।

महोत्सवको पहिलो दिन बिहान सेतीनदि र म्याग्देखोलाको संगमस्थल दोभानबाट बोलबम यात्रा प्रारम्भ हुने मुल समारोह समितिका संयोजक विमलप्रसाद रिमालले जानकारी दिए । धर्मको माध्यमबाट समाजको उत्थान तथा विकास गर्ने १०८ धारामा विभिन्न आकृति जडान गर्ने हनुमान ,शनि देवता , ब्रम्हा भगवानको मुर्ति , गौरी घाट ,शवदहन गृह लगायतका भौत्तिक संरचना निर्माण गर्ने , च्यवन गुम्बामा गुरु लामाहरुको आवास र भोजन तयार एंव ग्रहणको लागि आवास गृह र सामुहिक भोजन गृह निर्माण गर्ने महोत्सवको उद्देश्य रहेको रिमालले बताए  ।

उनका अनुसार बोलबम यात्रा संगै भागवत् मञ्जरी राधिका दासी जीको उपस्थितीमा शुक्लागण्डकी नगरपालिकाको गेटबाट महोत्सव स्थल च्यवजधाम सम्म बिहान १० बजे बृहत् संगीतमय कलशयात्रा हुने छ । च्यवनधामको पहिलो दिन गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र पाण्डेले समुद्घाटन गरेर समारोह शुरू हुने च्यवनधाम कार्यसमितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।

कुल २३ लाख ५० हजार खर्च हुने महोत्सवमा एक करोड आम्दानी हुने अनुमान रहेको धामकी उपाध्यक्ष अस्मिता खनालले जानकारी दिए ।उनका अनुसार महोत्सवमा शाभा यात्रा , दैनिक हवान ,रुद्री ,पाठ परायण ,सहित संगितमय कथा प्रवचन , पितृ संकल्प, ग्रहशान्ती , तुलादान लगाएतका विभिन्न प्रकारले भक्तजनको सेवा गरिनेछ ।

यस बर्ष धामका साथसाथै शुक्लागण्डकी ९ स्थित गौ संरक्षण केन्द्रको अवलोकन एंव् गौसेवाको कार्यक्रम राखिएको छ । महोत्सवको क्रममा भक्तजन तथा दानवीरहरुबाट संकलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिने खनालको भनाई छ ।

धामले प्रत्येक वर्ष श्रावण महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?