एमाले महाधिवेशन : साँझ ७ बजे बन्दसत्र सुरु हुने

चितवनको सौराहमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरे त पनि झण्डै ७ घण्टा कुर्दा पनि बन्दसत्र सुरु भएको छैन । अधिकांश प्रतिनिधि पुगेका बन्दसत्र सञ्चालन हुने होटल सेभेर स्टारमा पुगेका पनि थिए ।

चार नेताहरुको अनौपचारिक कार्यदलले केन्द्रीय सदस्यहरुको सुची  बनाएर अध्यक्ष ओलीलाई बुझाएको छ । पदाधिकारीमा भने अझैसम्म सहमति जुटेको छैन ।सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएका छन् । यसका लागि अझै समय चाहिने भएपछि बन्दसत्र हलमा साँझ ७ बजे मात्र बन्दसत्र सुरु हुने भएको  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?