प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?