
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
आइतबार गुरुङले संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएका हुन्।नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
उक्त राजीनामा गण्डकी प्रदेश प्रमुखको कार्यालयले स्वीकृत गरेको छ। प्रदेश कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत भएको र संविधानको धारा १६९ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषदको कार्य सञ्चालन गर्ने बताएको छ।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम तीन दिनभित्र सरकार गठनका लागि आह्वान गर्नु भएको व्यवहोरा जानकारी गराएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?