प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत लिने ओलीको प्रस्ताव निर्णयार्थ प्रस्तुत भई मतदान हुँदा पक्षमा बहुमत प्राप्त नभएपछि असफल भएका हुन् ।

प्रस्तावको पक्षमा ९३ मत परेको  थियो भने उनको विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्‍न भन्‍ने वा तटस्थमा १५ मत परेको छ। संसदमा जम्मा २३२ सांसद उपस्थित थिए।

प्रस्तावको विपक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहका सांसदहरुले मतदान गरेका थिए ।विश्वासको मत लिन असफल भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?