नयाँ सरकारका लागि १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबी

नयाँ सरकारका लागि विपक्षी गठबन्धनले १४९ हस्तक्षर सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन्

शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो ।

देउवालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका सांसदको साथ रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?