प्रधानमन्त्रीमा १ सय ५३ सांसदकाे हस्ताक्षरसहित ओलीकाे दाबी

नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नाे दाबी पेस गरेका छन् ।

एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गरेका हुन् ।

शुक्रबार दिउँसो विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शितल निवासमा पुगेका थिए

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओलीसँगै जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी थिइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?