रकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ ।
आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ४ हजार पुर्याइएको जानकारी दिए । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।
बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?