हार्वर्डमा अब रोबटले पढाउने

काठमाडौं : अमेरिकाको विश्व प्रसिद्ध हार्वर्ड विश्व विद्यालयले आउँदो सेमिष्टरदेखि यन्त्र मानव अर्थात् रोबटलाई एउटा कक्षा पढाउन दिने तयारी गरेको छ ।  कृत्रिम विद्वता (एआई — आर्टिफिसिएल इन्टेलिजेन्स)लाई आफ्नो पाठ्यक्रममा समाहित गराउने सो विश्व विद्यालयको निर्णयअनुसार कम्प्युटर कोडिङको एउटा कक्षा रोबटले चलाउने भएको हो ।

सन् २०२२ को नोभेम्बर महिनाबाट सुरु भएको आफैँले सोचेर उत्तर दिनसक्ने च्याट जीपीटी कम्प्युटर प्रोग्रामजस्तै विद्यार्थीलाई कोडिङको ज्ञान सिकाउन उक्त विश्व विद्यालयले रोबटको प्रयोग गर्ने जनाएको छ ।

हार्वर्डको अत्यन्तै रुचाइएको कम्प्युटर प्रोग्रामिङको कक्षा सीएस५० को कक्षामा रोबटको प्रयोग गर्ने सुरसार भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

उक्त विषयका प्राध्यापक डेभिड जे. मलनलाई उधृत गर्दै प्रकाशित समाचारका अनुसार यस्तो व्यवस्था गर्दा प्रत्येक विद्यार्थीका लागि एक शिक्षक प्राप्त भएसरह हुने र हरेक विद्यार्थीले आफ्नो क्षमता र रुचिअनुसार प्रगति गर्नसक्ने छन् ।

एआईको प्रयोगले अमेरिकाजस्तो विकशित देशमा कम्प्युटर विज्ञानमा धेरैको जागिर धरापमा पारेको छ भने पत्रकारिता तथा बौद्धिक सामग्री उत्पादन गर्ने पेशालाई पनि संकटमा पार्दै गएको छ ।

यस्तो एआईले पढाउने कक्षामा ओपन ए आई श्रोतमा उपलब्ध विकशित जीपीटी ३.५ वा ४ मोडल प्रयोगमा ल्याइने पनि मानव शिक्षकले जनाएका छन् । यो कार्यक्रम आउँदो सेप्टेम्बर महिनाको सेसन देखि कक्षा कोठामा प्रयोगमा ल्याइने पनि सो विश्व विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?