
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।
आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने भएकाले परीक्षा स्थगित गरिएको हो ।
बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?