बिहान बिहान समाचार सुन्न मन लाग्दैन

आजकल मलाई सबेरै उठ्न मन लाग्दैन
बिहान बिहान समाचार सुन्न मन लाग्दैन
देशको माया रे, देशलाई बेच्न खोज्ने पनि
राष्ट्रवादी रे,छिमेकीलाई नागरिकता दिने पनि
संविधान त त्यैबखत पैतलाले कुचेका थियौ
जतिबेला बिधि र बिधानको शाशक बन्यौ ।
जहाँ हुनुपर्ने समाधान त्यहाँ नहुँदाे तमसा
जहाँ अधिनायकवाद त्यहाँ समस्यै समस्या
कोभीडको चपेटामा कुर्सी घुम्ने बिचारले
दिक्क लाग्छ संविधान मिचेका समाचारले
बिचर भेडाहरु नो भ्याक्सिन नो भोट अरे
भोट देउ बाचे भ्याक्सिन नमरे चोट अरे
भ्याक्सिन चुनावी भाँडो हो कुटनीति बुझ
बाँच्ने अधिकार भोटसंग किन राजनीती बुझ
ब्यक्तिको पक्षले हैन व्यबहारको दृष्टिले हेर
पार्टी पक्षले हैन नीति र निष्ठाको दृष्टिले हेर
भ्याक्सिन लाएपनि कोभिड नसरेको हैन
अब पालो जनता हो लगाउनै नपाउने हैन
भारतसँगको खरिदमा आधा बाकी देखिन्छ
बिदेशी सहयोग पनि आउँदै गरेको देखिन्छ
भिरका भेडाहरु चरित्रका मर्म बुझ्ने भए
अन्धो हुन्थिएन बिधिसम्वत कर्म बुझ्ने भए
नेता जुनैसुकै रोज तर नैतिकता गुमेको हैन
पछुतो नदोरिउन टुक्कले देश चुमेको हैन
भोटको सदुपयोग बैगुनको गित गाएर हैन
दत्तचित्त भएर सोच ब्याक्तीबादी भएर हैन
सक्छ कलम सहि लेख जथाभावी नलेख
संजालमै चुनाव संजालमै भोट जिताउला
आजकल मलाई सबेरै उठ्न मन लाग्दैन
बिहान बिहान समाचार सुन्न मन लाग्दैन

 – वसन्ती थापा

   ऋषिङ्ग-१, तनहुँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?